User:Nagendra Acharya

From Wikipedia, the free encyclopedia

Kalikot to Arubari[edit]

किताबका पानामा नेपालको सबै ठाउँका बारेमा पढ्ने गरेको थिएँ । आफू विद्यार्थी भएदेखि पृष्ठमा सजिएका साहित्यकारका तस्वीरमा नजिक हुन मन लागेर आउँथ्यो । साहित्यको रसमा म डुब्न चाहान्थे । विद्यार्थीसँग रमाउँदा पनि आन्नद लागेकै छ । किताब समाउँदा झनै दायित्वको भारी मेरो माथि कसिएको हुन्छ । समाजका असामाजिक पक्षमा कहिले कलमबाट मेरा भावनालाई कापीमा उतारेर वा साथीलाई भनेर भए पनि सन्तुष्टिमा पुग्ने गरेको हुन्छु ।

कालीकोटमा दश वर्षको आन्दोलनले केही नकारात्मक काम गरे पनि गुण र दोष समालोचकीय हिसाबले तुलना गर्दा सकरात्मक परिवर्तनको अंक गणितीय भाषामा असी प्रतिशत चेतनाको विकास भएको म ठान्दछु । आजको युगमा आइपुग्दा राजनीतिक खुरापाती सत प्रतिशत पुग्यो तर भाषा साहित्यमा भने सतमा नब्बे घटाउँदा हिसाब मिल्न सक्छ । यो मेरो नीजि विचार हो । कुनै तथ्याङ्क संकलन गरी विश्लेषण गरिएको होइन् ।

समय आफ्नो गतिमा गइरहेको थियो । २०७६ साल माघ २३ गतेका दिन आकाशमा अलिअलि बादल लागेर रास्कोटबाट देखिने अग्ला डाँडा पाखामा हिउँले सेताम्य भइसकेका थिए । जनजागृति माध्यमिक विद्यालय फूकोट रास्कोट ८, कालीकोटमा जिल्लाको अन्य विद्यालय भन्दा पठन पाठनमा राम्रो भएकाले यहाँ वर्ष भरि नै पढाइ हुने गर्छ । म पनि आफ्नो अध्यापन कार्य सकाएर डेरामा पुगे ।

गाउँमा भाइरल ज्वरोको महामारी फैलिएकाले हेमराज अधिकारीलाई ज्वरोले सताएको थियो ।

कृतराज विष्ट एम.ए को परीक्षा दिन काठमाडौं जानु भएको थियो । खाना पकाउनु पर्ने भएकाले मलाई झन्झट लाग्थ्यो । जाडो भएकाले चाडै सुतियो । समाचारको आधाआधीमा विज्ञापन बज्यो निद्रा नपरेकाले म पुरै रेडियोमा थिएँ । देशव्यापी राष्ट्रिय कविता महोत्सवका लागि कविता प्रतियोगिता हुदैछ । यसका लागि कविता पठाउन अनुरोध गरिन्छ । यति मात्र सुने रडियो बन्ध भयो । मैले गोकर्णेश्वर नगरपालिकाका वभे साइड डाटामा खोजी गरे । सबै विवरण भेटाए । ज्वरोको झट्का छिनछिनमा कोठाभरि हुन्थ्यो । अर्को बिहानीमा म कविता लेख्न थाले । कविताको शीर्षक तय भएकाले हेमराज अधिकारी सर लाई चियाको सुड्कोमा खुवाए । उहाँले कुनै पत्रिकामा छाप्न पाए राम्रो हुने सल्लाह दिनुभयो । कविता प्रतियोगिताका लागि गो.न.पा.पठाउँदा कस्तो होला ?

कविता मैले आफैं टाइपिङ गरे । वृन्दा न्यौपाने म्याडमले पढ्नु भयो । केशव बहादुर कार्कीले इमेलमा पठाउन सहयोग गर्नु भयो । आयोजकको नियमानुसार मापदण्ड पुरा गरियो । छनोट हुन्छ हुदैन् त्यो भने मलाई एकिन थिएन । मेल प्राप्त गरे आयोजकले नागरिकता नपाएको सूचना पठायो । नागरिकता सम्बन्धित आयोजकको इमेलमा सेन्ड गरे ।

काठमाडौ धेरै पटक गइसकेको थिए । विद्यालयको कामले सुर्खेत आए ।  छोराको उपचारमा संलग्न भए मनमा अनेक प्रसङ्गले स्थान ओगटी रहेका थिए । काम सकाएर कालीकोट फर्किए । मेरो काम पढाउने भएकाले विद्यालयमा सधै आएको हुन्थे । फाल्गुण १२ गतेका दिन विद्यालयको छुट्टी भएसकेको थियो । सबै स्टाप साथी घर हिडिसकेका थिए । म पनि आफ्नो डेरामा पुगे । कृतराज विष्ट र हर्कदेव अधिकारी डेरामा पुगिसकेका सकेका रहेछन् । मोबाइलमा एका एक घण्टी बज्यो । कवि ज्यू कविता वाचनका लागि निमन्त्रणा गरिन्छ । मलै सोचेकै थिइन मेरो कविता वाचनका लागि छनोट हुन्छ । एक टक मेसेन्जर र इमेलको इन बक्समा हेरिरहे मानौ कति सोचे त्यो भन्न सकिदैन । विष्टले मोबाइलको घण्टी बजेको सुनेका रहेछन् । मेरो मौनतामा पक्कै पनि केही घटना हुनुपर्छ भन्ने सोचेर मैले हेरिरहेको मोबाइलको स्क्रीन हेरे । दिनेश साउद सर भन्थे कविता छनोट हुन्छ । उनी विज्ञानका विद्यार्थी भए पनि साहित्यमा चासो र चिन्तन बढी नै रहेको छ ।

कविता प्रतियोगितामा जानु पर्ने भयो । समय एक दमै थोरै थियो । साथीहरुले अहिले नै जानुहोस भन्नु भएको थियो । मैले मानिन् । भालि विद्यालयमा विदा स्वीकृत गराएर जान्छु भन्ने लाग्यो । विद्यालयको वार्षिक परीषा पनि नजिकिदै थियो । कोर्ष पूरा गरी सकेको थिए । फाल्गुण १३ गते मेरो जन्म दिन भएकाले आमाबुबाको सामिप्यमा मनाउने इच्छा आयो । विद्यायमा म पुग्नु भन्दा पहिला नै कविता वाचनका लागि छनोट भएको खबर सम्पूर्ण शिक्षक स्टापलाई जानकारी भई सकेको रहेछ । म जब विद्यालयमा पुगे प्रधानाध्यापक श्री लक्ष्मी प्रसाद बराल ज्यूले अग्रिम सफलताको शुभकामना दिनुभयो । सहायक प्र.अ. बेदप्रसाद बराल ज्यूले हौसला प्रदान गर्नु भयो । शिक्षक साथीहरु दुर्ग ब. बुढा, अविलाल बराल, लिलराज न्यौपाने, मदन न्यौपाने, कुशला बराल, रत्न प्रसाद न्यौपाने, कल ब. शाही, चतुरभेज बराल, अनिल बरालले थप उर्जा प्रदान गरे । मञ्जु संज्याल, धन बराल र जंगे लुवारले सम्भावनाको बाटो देखाए । मलै उहाँहरुको सुझाव सल्लाह र हौसलालाई ग्रहण गरे ।

कविता वाचनका लागि मैले विदा पाए । म सरासर घर तिर लागे, बुवा आमालाई मैले भनी सकेको थिए । साँझ बुबा आमाले जन्म दिनको शुभकामना साथै कविता यात्राका सफलताको कामना दिनुभयो ।

फाल्गुण १४ गते बिहान मैले काठमाडौंको यात्रा सुरु गरे । कालीकोट देखि काठमाडौंको दुरी सबैलाई अवगत नै छ । सहज यात्रा भए पछि त समयमै पुगिन्छ । बाटामा प्रविधिक समस्या आएमा भन्न सकिने आधार छैन् । तैपनि मैले नगई नहुने नजाउ एउट सुनौलो अवसर छ जाउँ यात्रा कठिन छ । चौध गते बिहानै घरबाट हिडियो । मेरै गाउँका अंकल रास्कोट नगरपालिका शिक्षा संयोजक प्रभुलाल न्यौपाने र म सिपखानाको बस पार्क सेरा बजार पुग्यौ । उहाँ नगर शिक्षाका कामले काठमाडौं जानुहुने रहेछ । आरसिपी बजारमा रास्कोटमा मेरा फुफाजु बेदप्रसाद बराल पनि कोहलपुरसम्म जाने भएकाले सँगै आयौ. । उहाँहरु सुर्खेतमा रोकिजानु भयो । म ने काठमाडौं १४ गतेको रात्री बसमा हिडे ।

सायद यात्रा सफल भएको मान्नुस पर्छ । कालीकोट देखि काठमाडौंसम्म कुनै यान्त्रिक तथा राजनीतिक बन्ध भएन । त्यस दिन विप्लवले नेतृत्व गरेको पाटीले नेपाल बन्ध गर्ने छ भन्ने अपुष्ट समाचारले मानसिक समस्या पैदा गरेको थियो ।

पन्ध्र गतेको दिउसो म काठमाडौ पुगे । भाइले कोठा सारेको रहेछ । टोखामा बसाई भयो । मेरो मनले अनेक सोचिरहेको थियो । विकट साविकको कर्णाली अञ्चलबाट प्रतिनिधित्व गर्ने म मात्र छु वा अरु पनि छन् । हालको कर्णाली प्रदेशबाट सहभागिता के कस्तो रहेको छ । मैले वाचन गर्ने कविताको शीर्षक समय सापेक्ष छ कि छैन् मन पिरोली रहन्थ्यो ।

दुई दिनको गाडीको यात्राका थकान मेटाए । भाइ, भाइ बुहारी, भतिजा, भतिजी सबै जम्मा भए । छोरी पेरिसाले भनी , ठुल्बा भोलि भन्ने कविता सुनाउनु होस् न भनी । मैले सोल्टी वसन्त कुमार सिम्खाडालाई वाचन गर्ने अनुमति दिए । उसको वाचन शैली राम्रो छ । गद्य कविता कसरी वाचन गर्ने सीप सोल्टीलाई मैले कक्षा नौ मा सिकाइ सकेको थिए । वाचन बन्ध कोठामा गरेकाले हामी बाहेक अरु कसैले सुन्ने कुरै थिएन ।

फाल्गुण १६ गते भयो । समय बिहानको आठ बजेको थियो । भाइ लक्ष्मी प्रसाद आचार्यले मलाई कविता वाचन स्थलसम्म पुगाई दियो । गोकर्णेश्वर नगरपालिकाको आरुबारी चोकमा वाचनका लागि ठाउँ बनाएको रहेछ । हामी दुई भाइ पुग्दा त्यहाँ कोही काही मान्छे मात्र आएका थिए । आयोजक समिति व्यवस्थापनमा लागिरहेका थिए । अतिथि माहानुभावहरु आउँदै थिए । म र भाइ एकान्तमा बसेका थियौ । एक जना अपरिचित व्यक्तिले सोध्नु भो ? तपाई पनि कविता वाचन गर्न आउनु भएको हो । मैले भने यसै कार्यक्रमका लागि कविता वाचन गर्न आएको बताए । उनी रहेछन् पाल्पाका कवि आरबी निश्चल । भाइ आफ्नो अफिसमा गयो । हामी दुवै जना घनिष्ट साथी भयौं ।

कार्यक्रम सुरु भयो । हामीले कार्यक्रम स्थलका बारेमा जान्न चाहेका थियौ । आरुबारीको ग्राम बन्धु समाज क्लबको अगाडि खुला सडकमा भयो । देश भरिका कवि, कवित्रीहरुको जमघट बाक्लिदै गयो । कवित वाचन गर्नेहरु तीन पुस्ताका देखिए । बाजे, छोरा र नातिका बिच प्रतिष्पर्धा गर्नु रमाइलो र चुनौति देखिन थाल्यो । ग्राम बन्धु समाजको गठन वरिष्ठ साहित्यकार रमेश विकलले गरेका रहेछन् । विकलका कथामा प्रगतिशील लेखनका सुरुवात माएका मान्छु । मैले पढेको र पढाएका विकलको जीवनी, उनी भित्रको माक्र्सवादी वर्गीय अवस्थाको झल्को पाउन थाले । द्वारेबा, दिदी आमाका चरित्र लुखे अनि गौरी र शंकरको निरपानी घोडामा ठोकिन थाल्यो ।

कार्यक्रमको उद्घाटन सत्र सुरु भइ सकेको थियो । प्रमुख अतिथि पर्यटन मन्त्री योगेश भट्टराई रहनु भएको थियो । नेपाल प्रज्ञाका पदाधीकारी, उच्च राजनीतिक व्यक्तित्वहरु अतिथिको रुपमा रहनु भएको थियो । साहित्यकार रामेश्वर चालिसेका पुत्र सन्तोष चालिसे यस नगरका नगर प्रमुख रहेछन् । डा. विजय चालिसे ग्राम बन्धु समाजका अध्यक्ष हुनुहुदो रहेछ । नेपाली साहित्यमा योगदान दिने स्रस्टालाई सम्मान गर्नुले झनै उर्जा थपिएको पाए । देवी नेपालको छन्द कविताले उपस्थित साहित्यिक मनलाई पगाल्यो ।

कविता वाचन कार्यक्रम सुरु भयो । वेदमणिले अध्यक्षता गर्नु भएको थियो । देश भरिका कविहरु आफ्ना रचना वाचनका लागि तयार नै थिए । वाचन कार्यक्रम सकियो । कविताको मुल्याङ्कन गर्ने परिपाटी सान्दर्भिक लाग्यो । कवितालाई देशव्यापी बनाउन राष्ट्रिय र प्रदेश स्तरमा छनोट गनेृ रहेको थियो । कविहरुका कविता सुन्दा टप पाँचमा पर्न नसक्ने देखियो । प्रदेश उत्कृष्टमा आइन्छ की भन्ने लाग्यो । नभन्दै प्रदेशको रुपमा नाम आयो ।

नेपालका शताब्दी पुरुष सत्यमोहन जोशी समापन कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो । उहाँको हातबाट सम्मान पाउनु नै सबै भन्दा महत्वपूर्ण कुरा होे । कालीकोटको विकट वस्तीबाट राष्ट्रिय स्तरसम्म वाचनका लागि मेरो कविता छनोट हुन्छ भन्ने कुरा मैले कल्पना गर्न सकेको थिइन । सिर्जना गरेको कामको फल सानो भए पनि स्वाद मीठो मानी पान गर्नु नै असल ठान्द छु ।

                समाप्त

   

     श्रम रारेजगार बैकंंको स्थापना र आवश्यकता

                           नगेन्द्र प्रसाद आचार्य, रास्कोट १ कालीकोट

१. विषय प्रवेश

श्रम गर्न कहिले देखि सरु गरियो ? यस प्रश्नको उत्तर जो कहिले भन्न सक्छन् । मानवको उत्पति देखि नै श्रम गर्न थालियो । आदिकालमा मानिसले बाँच्नका लागि काम गर्नु प¥यो । यस समयमा कुनै पनि वर्गको निर्माण भएको थिएन् । सबै मानव जाति, खाना, बस्नका लागि भौतारिदै घुमन्ते जीवन यापन गरेको तथ्य पाइन्छ ।

कन्दमुल खोज्न आफ्नो श्रम खर्च गर्न थाले । गाँस, बासको बन्दो बस्त गर्न श्रम गरे । आगोको निर्माण पाषण युगमा गरे । त्यसबेला काँचो मासु खाने मान्छे मासु पोल्न थाले । मासु पोलेर खान थाल्दा मानसिक श्रम खर्च गरेको तथ्य भेटिन्छ । कसरी मासु पोलिन्छ, मासु पोल्दा आफ्ना अङ्ग कसरी बचाउन सकिन्छ । अनेक जुक्ति निकालेर श्रम गर्न थाल । ढङ्गे युगबाट ढुङ्गाका हात हतियार  र बोक्राका बस्त्रको प्रयोग गर्न थाले । यिनको खोजीमा श्रमको अधिक खर्च भएको पाइन्छ ।

मानव जब पशुपालन युगमा आई पुग्दा बाँच्नकै लागि कडा परिश्रम गर्न थालेका थिए । पशु पालेर मासु र दुध खान सजिलो होस् भनेर नै पशु पालनको कार्य सुरु गरेका उदाहरण पाइएका छन् । पशु पालन सँगै मानिस केही निश्चित ठाउँमा बस्न थाले । साना साना कविला र समूह निर्माण भई सकेका थिए । यति बेलासम्म समान श्रम नै रहेको पाइन्छ ।

समयको परिवर्तन सँगै मानव समुदाय रुपान्तरित हुदै गयो । जब दास युगको सुरुवात भयो । श्रम शोषणको सुत्रपात र विजारोपण भयो । दास युगमा मालिक र दास दासी जस्ता प्रथा कायम रह्यो । बलियो पक्षले कमजोर पक्षलाई दासको रुपमा राखी दासहरुबाट चरम श्रम शोषण गर्न थाले दासले श्रम गर्न मालिकले बसी बसी खाने सामान्ती संस्कारको विकास भयो । निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्गको कुलिन साम्राज्य खडा हुन थाले ।

दास भन्ने बित्तिकै कमारो, सेवक, नोकर भन्ने बुझिन लाग्यो । यो प्रथाको सुरुवात हजारौं वर्ष अघिबाट भएको पाइन्छ । दासताले संसारलाई पिरोलेको थियो । पशुधन शरह किनबेच गरेर काममा लगाउनु नै दास प्रथाको घोर अपराध थियो । सामान्तीवादी युगमा दासको नाममा श्रम शोषण गरे अहिलेको पुँजिवादी युगमा नदेखिने गरी श्रमिकको श्रम शोषण भइरहेको छ । (विकिपिडिया )

सामान्तीवादी युगमा आएर दास युगका मालिक नै पुँजिपति वर्गका रुपमा देखा परे दासको नाम मात्र परिवर्तन भयो तर श्रम शोषण गरी रहे । अफ्रिकामा दास प्रथा जात, धर्म, र रङ्गको रुपमा रहेको थियो । गोरो छाला भएकाहरुले कालो छाला भएकालाइृ सताए । जब अब्राहम लिङ्कनले सन १८६१ मा अमेरिकाको राष्ट्रपति भएपछि दास प्रथाको अन्त्य भएको घोषणा गरे । अमेरिकाले गरेको कदमले नै विश्वकै लागि उदाहरणीय बनायो ।

नेपालमा पनि दास प्रथा व्याप्त थियो । राणा कालिन समयमा नेपालको मुलुकी ऐन वि.स. १९१० मा जङ्ग बहादुर राणाले दासलाई जातिको मान्यता दिए । हिन्दु समाज रहेको नेपालमा ठूलो जातले सानो जातलाई शोषण गरिरेको थियो । लैङ्गिक श्रम शोषण नेपालमा बढी नै थियो । वि.स. १९८१ मा चन्द्र शम्शेरले दास प्रथाको पूर्ण अन्त्यको घोषणा गरे । वि.स. २०२० मा मुलुकी ऐनले जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा ग¥यो । वि.स. २०५७ मा कमैया प्रथाको अन्त्य गरी , वि.स.२०६२ मा हलिया प्रथा र २०७० सालमा कुमारी प्रथाको अन्त्य गरे पनि पूर्ण कार्यन्वयन हुन नसक्नु बिडम्बनाको कुरा हो । यसको कार्यन्वयन हुनुपर्छ ।

माथि उल्लेखित सन्दर्भको आधारमा भन्न खोजेको के हो भने श्रम गर्ने र श्रमबाट श्रमिकले भोग्नुपरेका समस्यालाई दर्शाइएको छ । श्रमको आधार आदिकाल देखि अहिलेसम्म चली आएको नै छ । श्रम सबैले गर्छन् । श्रम गर्ने परिपाटी फरक छ । शारीरिक श्रम गर्ने भन्दा मानसिक श्रम गर्नेमा  भिन्नता छ । शारीरिक श्रम गर्नेको मान सम्मान र कदर भएको देखिदैन् ।

२. नेपालमा श्रम सम्बन्धी व्यवस्था

स्वदेशी तथा विदेशी बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति उत्पादनबाट रोजगार एवं स्वरोजगारका अवसरहरु सिर्जना गर्नुका साथै विभेद रहित सुरक्षित, मर्यादित र स्वस्थ कार्य गर्ने साथै वातावरण प्रदान गरी राष्ट्रिय अर्थ व्यवस्थाको सुदृढीकरण र गरिबी निवारणम योगदान पु¥याउने आवाधिक योजना श्रम सम्बन्धी क्षेत्रको दुरगामी सोच रहेको हुन्छ । ( विकिपिडिया) विश्वले श्रम बजारको व्यवस्था गरेता पनि श्रम बैङ्कको स्थापना गरेको पाइदैन् ।

नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीप युक्त आवश्यक जनशक्तिको विकास, श्रम क्षेत्रमा सामाजिक सुरक्षा र व्यवस्थापन, स्वास्थ्य र सुरक्षाको प्रर्वद्धन, बाल श्रम निवारण लगायतका काम मन्त्रालयलबाट हुँदै आएको छ ।  वैदेशिक  रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप, प्रविधि र पुँजिको उपयोगबाट आन्तरिक रोजगारी प्रर्वद्धन गर्नु पनि मन्त्रालयको जिम्मेवारी हो ।

नेपाल सरकारले श्रमलाई व्यवस्थित गर्न वि.स. २०२८ सालमा श्रम सम्बन्धी मामिला हेर्ने उद्योग मन्त्रालय अन्र्तगत श्रम विभागको स्थापना गरेको थियो । एक दशक पछि वि.स. २०३८ मा श्रम तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो । नेपाल सरकारको कार्य विभाजन नियमावली परिवर्तन भई वि.स. २०५७ मा यातायात व्यवस्थापन क्षेत्रको समेत समायोजन भई श्रम तथा यातायत व्यवस्था मन्त्रालय कायम हुन गयो । वि.स. २०६९ मा यातायात व्यवस्था अन्य क्षेत्रमा लागि श्रम तथा रोजगार मन्त्रालय नामाकरण गरियो । फेरि वि.स. २०७४।१२।०३ मा कार्य क्षेत्र विस्तार भई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बनाइयो । अहिले यही नामले नेपाल सरकारले व्यवस्थापन गरी रहेको छ ।

श्रमलाई व्यवस्थित बनाउन, देशको जनशक्तिलाई नयाँ प्रविधि बजार सुहाउँदो बनाई वेरोजगारी घटाउने र औद्योगिक सुसम्बन्ध कायम गरी श्रमिकहरुका लागि सुरक्षित मर्यादित र स्वस्थ कार्य वातावरणको सिजैना समेतबाट श्रम सम्बन्धी ऐन नियम तथा नीति निर्देशनलाई प्रभावकारी कार्यन्वयन गर्न निम्न उद्देश्य राखेको पाइन्छ ।

१. स्वदेशी तथा अन्र्तराष्ट्रिय श्रम बजारको माग अनुरुप दक्ष एवं प्रतिष्पधी श्रम शक्ति तयार गरी बेरोजगारी घटाउने ,

२. औद्योगिक व्यवसाय र अनौपचारिक क्षेत्रमा श्रमरत कामदारहरुको सुरक्षा तथा काम गर्ने स्वस्थ वातावरण पर्वद्धन गर्ने,

३. रोजगारीमा महिला , युवा, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, द्वन्द्व प्रभावित तथा सीमान्तकृत क्षेत्र र समुहका व्यक्तिहरुको पहुँच सुनिश्चित गर्ने ।

श्रमलाई मानसिक र शारीरिक रुपमा प्रमाणित गरेको पाइन्छ । श्रम  सबै वर्ग समुदायले गरेका हुन्छन् । सानो बालक देखि वृद्ध अवस्थाका मानिसले समेत श्रम गरेका हुन्छन् । १८ वर्ष भन्दा कम उमेर भएकाले काम गरेमा त्यो बाल श्रम हुन्छ । विश्व श्रम संगठनले यस्तो श्रमलाई बाल श्रम मानेको छ  भने ६० वर्ष माथिका उमेरले गर्ने श्रमलाई विश्व श्रम संगठनले मान्यता दिइएको छैन् ।

३. श्रम रोजगार बैङ्कको स्थापना

श्रम कहिले देखि सुरुवात भयो । मैले माथि उल्लेख गरी सकेको छु । श्रम गर्ने श्रमिक वर्गले के कति लाभ लिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार श्रमको उचित ज्याला पाए पाएनन् । श्रम व्यवस्थामा भए बमोजिम श्रमिकको श्रम गर्ने कार्य क्षेत्र सुरक्षित छ , छैन् , त्यसको जिम्मा नेपालको हकमा नेपाल सरकारको श्रम रोजगार तथा साजाजिक सुरक्षा मन्त्रालयको कार्यक्षेत्र हो । रेमिटान्सको लागि नेपाली युवालाई वैदेेिशक रोजगारमा प्रेरित गर्नु भन्दा स्वदेशमा रोजगारीको अवसर दिनाका लागि नै श्रम रोजगार बैङ्कको स्थापना गरिएको श्रम रोजगार बैङ्कका परिकल्पना कार तथा सस्थापक रास्कोट नगरपालिकाका नगर प्रमुख काशिचन्द बरालको भनाइ रहेको छ ।

विश्वमा १६ औ शताब्दी भन्दा अगाडि बैङ्कको अवधारणा आइसकेको थियो । बेलायत, अमेरिका, फ्रान्स, जर्मन, रसिया, जापान, चीन, भारत, अस्टेलिया, स्पेन लगायत आदि देशमा बैङ्किङ गतिविधि मार्फत आथिक कारोबारो हुँदै आएको कैयन वर्ष भई सकेको छ । श्रम बैङ्कको स्थापना गर्ने कुनै कुरा हिटलर देखि स्टालीन सम्मका शासकहरुमा देखिएन् । माक्र्सवादको सिद्धान्तबाट जन्मेका मुलुकको शासन पद्दतिमा विचार पुगेन । माओको देशमा श्रम रोजगार बैङ्क के छ ? उत्तरकोरियामा खै कस्तो छ ? ट्रप , मोदी, राज्यमा भन्न सकिन्न ।

१. विश्वमा के श्रमिक छैनन् ?

२.युरोप, अमेरिका, एशियाका विकसित देशमा काम गर्ने जनशक्ति श्रमिक होइनन् र ?

माथिका प्रश्नको उत्तर म तल लेख्दै गरुला । त्यस भन्दा पहिला त म के उल्लेख गर्छु भने बैङ्क भनेका आर्थिक कारोबारो मात्र गर्नाका लागि स्थापना गरिएका हुन त ?  बैङ्कमा नगद तथा जिन्सी धातुको विनिमय गर्ने र पुँजिको सञ्चय तथा संकलन गरी धनिलाई धनि बनाउने र गरिबको रुपैया धन सम्पतिलाई सुरक्षित गरिदिने मुनाफा सहित संस्था नै बैङ्क हुन । मैले वित्तिय प्रणाली अनुसार के हुन्छ त्यो जान्न चाहिन सोझो अर्थमा मात्र व्यक्त गरेको हुँ । विश्वमा वित्तिय कारोबारे जस्तै श्रम बैङ्क स्थापना गर्नु पर्छ र खाता खोली श्रमिकलाई बन्धक बनाउनृ पर्छ भन्ने अवधारणाबाट होइन् । श्रम रोजगारको स्थापना गरेको श्रमिकलाई स्वदेशमा नै रोजगारको अवसर प्रदान गरी देश निर्माण गर्नाका लागि हो ।

श्रम रोजगार बैङ्क बनाउने अवधारण कतै नआएको होइन होला । विकसित, अविकसित, विकाशोन्मुख, तथा अल्पविसित देशमा बैङ्क, वित्तिय संस्था खोल्ने होडबाजी नै चलेकोछ । श्रमका लागि जनशक्तिको सञ्चय तथा व्यवस्थापन गर्न कोही अग्रसर नभएको यस प्रविधिको युगमा रास्कोट नगरपालिकाले स्थानीय शासन संचालनको कार्य विधिमा टेकेर श्रम रोजगार बैङ्कको स्थापना ग¥यो ।

४. श्रम रोजगार बैङ्कको अवधारणा

नेपाल विश्वको सामु विकाशोन्मुख राष्ट्र हो । यहाँ दश वर्षे जनयुद्ध र २०६२।६३  को जनआन्दोलनको बलले स्थापना गरिएको लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्था अबलम्बन गरी २०७२ को संविधानमा नेपाललाई सात प्रदेश र ७५३ ओटा स्थानीय तहको व्यवस्था ग¥यो ।  संघ प्रदेश र स्थानीय तहका अवधारणा लागु भयो । सविधानले प्रदान गरेका अधिकारलाई कार्यन्वयन गर्न एक वर्ष भित्र तीनै तहको चुनाव गर्नु पर्ने भएकाले देश चुनावी माहोलमा गयो । तीन तहको चुनाव  गराउनु संघीय सरकारलाई चुनौति थियो । वि.स. २०७४ सालमा राज्यले तीन तहको चुनाव सम्पन्न गरी नागरिकको हक, अधिकार र कर्तव्यलाई स्थापित ग¥यो ।

चुनावमा राजनीतिक दल सक्रिय भएर चुनावमा भाग लिए । विभिन्न पाटीका उम्मेदार चुनावी मैदानमा आए । जनताले इच्छाएका जनप्रतिनिधिलाई जिताए । सबै भन्दा समस्या स्थानीय तहको चुनाव नै रहेको पाइयो । रास्कोट नगरपालिकामा ने.क.पा. एकीकृत माओवादीको तर्फबाट उम्मेदार रहेका काशिचन्द बराल नगर प्रमुख र उप प्रमुखमा मिमसरा बम ( शाही, उषा ) सोही पाटीबाट विजयी भए । वडा स्तरमा मिश्रित परिणाम आयो ।

नेपालमा वेरोजगारीको समस्या अधिक रहेको वस्तु स्थितिमा सबैलाई अवगत नै छ । रास्कोट नगरपालिकाको नगर सभा गठन भयो । विषम परिस्थिति र बलोयो प्रतिपक्षलाई विश्वासमा लिई नगर प्रमुख काशिचन्द बरालले एक नयाँ अवधारणा अगाडि बढाए । जो नितान्तै नौलो र कठिन थियो । त्यहाँको जनताहरुलाई पत्यार लागेको थिएन । हामीहरुले समेत विश्वास लागेको थिएन । प्रतिक्षाको फल वास्तवमा मीठो हुन्छ भन्थे हो रहेछ । श्रम रोजगार बैङ्क रास्कोटमा विधिवत रुपमा वि.स. २०७६ साल वैशाख २६ गतेका दिन व्यवस्थापन अध्यक्ष पदम बहादुर खड्का (सुवास) र मुख्य व्यवस्थापक अनिल बराल रहने गरी स्थापना गर्ने बाटो नगर सभाले दियो । रास्कोट नगरपालिकाको श्रम रोजगार बैङ्क (सञ्चालनतथा व्यवस्थापन गर्ने) सम्बन्धी कार्यविधि २०७५ लागु गरियो । कानुनी बाधा अवरोध केही नराखी श्रम रोजगारमा आवद्ध जनशक्तिलाई श्रम ऐन अनुसारको पारिश्रमी र रु. दश लाख विमाको व्यवस्था गर्ने, श्रम रोजगारको संचालन, व्यवस्थापन सबै कार्यविधिमा उल्लेख गरिएको छ ।

रास्कोटमा रहेको श्रम रोजगार बैङ्कले यस नगरमा रहेका वेरोजगार युवाहरुलाई रोजगारको पहुँचमा ल्याई उनीहरुको आय स्तर उकास्न र व्यक्तित्व विकासमा टेवा पुग्ने देखिन्छ ।

श्रम रोजगारमा लागेका युवा, युवातीले नगरले बनाएको रोजगार कार्यविधि बमोजिम पारिश्रमी पाएका छन ्।  नगरको विकासलाई तिव्र गतिमा अगाडि बढाएका छन् । श्रम रोजगारलाई व्यवस्थित गर्न र कार्यभार विभाजन गर्न सजिलोका लागि सुवासका अध्यक्षतामा १२ जनाको रोजगार व्यवस्थापन समिति गठन गरिएकोछ । जसमा विभिन्न निर्माण व्यवस्थापन समितिको नामाकरण गरिएको छ । कालाशिल्ला निर्माण समुहको अध्यक्षमा नरध्वज खड्का (उमेश), लगायत नमराज टमट्टा, अम्मलशाही (निर्माण), जस फडेरा, कर्ण फर्साल, धर्म बि.क., नरेन्द्र उपाध्याय, कपुर फर्साल, विष्णु बराल, राज बहादुर शाही , खेमराज संज्याल र मन्दिर बि.क. को नेतृत्वमा अहिले श्रम रोजगार बैङ्कको काम भकाभक भइरहेको छ ।

५. श्रम रोजगार बैङ्कका आवश्यकता

मानवीय स्रोतलाई पनि बैङ्किङ प्रणालीमा लैजानु पर्छ भन्ने धारणा राख्ने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द बरालनै विश्व श्रम बजारमा मानवीय स्रोत सञ्चय गरी विकास तथा रचनात्मक कार्यमा वेरोजगार जनशक्तिलाई स्वदेशमा रोक्न सके मात्र आर्थिक लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने विचारमा छन् ।  श्रम रोजगार बैङ्क विश्व श्रम संगठनको मापदण्डमा स्थापना गर्ने श्रेय उनमा रहेको देखिन्छ ।

मजदुर आन्दोलनले स्थापना गरेको श्रमिक हक, अधिकारलाई श्रमको उचितव्यवस्थापन गर्न श्रम रोजगार बैङ्कको स्थापनाको अवधारणा र आवश्यकताको समसामयिकतालाई दर्शाएको हो । श्रमको स्वतन्त्रता भएको राज्य अमेरिका, अनुसन्धानको भट्टी युरोप, प्रविधिको विश्व चीन र उत्पादनको मुलुक भारतले आफ्ना श्रमिक जनताको नाममा संस्थागत विकास गरे पनि श्रम रोजगार बैङ्कको परिकल्पना समेत गरेको पाइदैन् । सानो भए पनि नेपाल जस्तो विकाशोन्मुख देशको संघीय सरकारको नजरमा नपर्ने कर्णाली प्रदेशको कालप्कोट जिल्लामा रहेको एउटा नगरपालिकाले श्रम रोजगार बैङ्कको आवश्यकता ठानी स्थापना गर्नु विश्व जगतका अगाडि गतिलो रामवाण हो ।

आफ्नो देशमा कति जना श्रमिक छन् । श्रमको व्यवस्थापन कसरी गर्न सकिन्छ । त्यसको अध्ययन केन्द्रको रुपमा रास्कोट श्रम रोजगार बैङ्कलाई लिन आवश्यक छ । हुन त सबैको सकरात्मक पक्ष मात्र हुन्छन् भन्ने होइन् त्यस भित्रका कैयन नकरात्मक पक्ष पनि हुन्छन् । गुण, दोष, फाइदा, बेफाइदा, सबल , दुर्बल पक्ष नरहेका हुदैनन् । यी सबैको विकासात्मक र असल नजरले अध्ययन गरे पछि समाज रुपान्तरण गर्न सकिन्छ ।  

श्रम रोजगारको आवश्यकतालाई महशुस गरी नेपाल सरकारले आर्थिक वर्ष २०७७।०७८ को जेठ तीन गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा श्रम रोजगार सूचना बैङ्क स्थापनाको अवधारणा आउनुमा पक्कै पनि रास्कोट श्रम रोजगार बैङ्कको देन मान्न सकिन्छ ।

तसर्थ नेपाल सरकारकाले भने जस्तै गरी श्रम रोजगार सूचना बैङ्क स्थापना गर्ने हो भने नेपाल विश्वको एक मात्र देश हुनेछ जहाँ श्रमको उचित मूल्य पाइन्छ । पश्चिमाहरु अनुुसन्धानका लागि आउनेछन् । नेपालको अर्थतन्त्रमा सुधार हुनेछ । श्रमिक वर्गले न्याय पाउनेछन् । श्रम रोजगारबाट मजदुरको हित हुनेछ । विश्वका सर्वहारा, श्रमजीवि जन समुदायको अधिकार स्थायित्व हुने अपेक्षा राख्दछु ।

                          समाप्त  

           सिमनाथको चर्चा  

                                     नगेन्द्र प्रसाद आचार्य

                                     रा.न.प. १ कालीकोट

१. सिमनाथको परिचय

सिमनाथ कुनै व्यक्ति वस्तु होइनन् । रास्कोटमा सदियौ देखि मान्दै आएका देवता हुन् । सिमनाथ कालीकोट जिल्लाको रास्कोट दरामा पुजा गर्ने गरिन्छ । सिमनाथको मन्दिर (थान) हाल रास्कोट नगरपालिकाको वडा न. ४ को वसन्तपुरमा अवस्थित छ । पश्चिम नेपालमा मस्टो र नाथ देवतालाई कुल पुजाका रुपमा पुजा गर्ने परिपाटी सनातन धर्म परम्पराबाट हुदै आएको पाइन्छ । अर्को तर्फ भारतको उत्तराखण्ड, कुमाउ, गडवाल र नेपालको खस बाइसे राज्यमा शक्ति भक्तिका रुपमा मस्टो देवता मान्दै आएको पाइन्छ । मस्टो परम्पराको विकास कहिले देखि भयो भन्ने ठोस तथ्य पाउन सकिएको छैन जानकारहरुको मत मतान्तर फरक हुन गएको भेटिन्छ । मस्टोको विस्तृत अध्ययन अनुसन्धान गर्न सरोकार वाला पक्ष लाग्नु पर्ने आवश्यकता छ ।

सिमनाथको सम्बन्ध सिञ्जा पति महाराजसँग जोडिएका लोकोक्ति प्रशस्त पाइन्छन् । खस संस्कृति, खस राज्यसंगै सिमनाथको सम्बन्ध जोडिएकाले नागराज हुदै वलिराजका सन्तानको कही कतै सम्बन्ध रहेको हुनु पर्छ । यस ठाउँमा मस्टो र नाथ देवतालाई पुज्ने भएकाले सिमनाथ नाथ वर्गमा पर्ने देवता हुन् । सिमनाथलाई भोलेबाबा हुन सक्ने अनुमान गर्न सकिन्छ । सिमनाथको रजन थली  सिउना डाँडो मानिएको कुरा लोक उचेडामा व्यक्त गरेको पाइन्छ र आज पनि यही ठाउँमा रहेको छ ।

आफू भाइलु सिउना डााडा हामी हिमाल चुल

हाम्मा पाटन अरु के छ चुन, चवा कमलका फूल

आफू भाइलु सिउना डाँडा रजन थली बसी

साङ्ग्री बाङ्ग्री जिउला हेर्ने डाँडा माथि बसी ।

माथिको लोक गाथामा सिमनाथ नौ दुर्गा देवीका एक्ला भाइ हुन सक्ने अनुमान गर्न सकिन्छ । हामीहरु अग्ला अग्ला हिमालमा बसेकी र तिमी रास्कोटको गाउँवस्तीमा रहेको अग्लो डाँडोमा बसी रमणीय दृश्य हेरेर बसेका छौ । आफूसँग घाँस, चुन, चवा र भीरमा फूल्ने कमल बाहेक  अरु केही नभएको सन्दर्भ उल्लेख गरेको पाइन्छ । हामी भोक भोकै लेकमा बस्ने भाइ भने अन्नको भण्डार भएको साङ्ग्री र बाङ्ग्री निउला रोजेका छौ भन्ने अभिव्यक्तिबाट आदि कालदेखि सिमनाथ सिउना डाँडाबसेको हुनुपर्छ ।

बस बैना हिमाल चुल पटमरको नेजा दिउला

बस दिदै हिमाल चुल तामा छत्तर पठाइ दिउला

बस बैना मालिका मै नयाँ नौलो पुगाइ दिउला ।

हिमाल चुलबाट बहिनीले भनेको प्रश्नको उत्तरमा  माथिको उचेडा सिमनाथले भनेको हो । सिमनाथले मेरो रक्षाका लागि भए पनि हिमालमा बस नयाँ नौलो, तामा, सुन, चाँदी, नुवागी पहिला तपाईलाई दिउँला पठाउँला भनेको जनास्थाबाट स्पष्ट हुन सकिने आधार हो ।

सिमनाथको साथमा बगाने खोली रहेको छ । बगाने सिमनाथको वाहान मानिन्छ । बगानेको भाकल गरेपछि मन आकांक्षा पुरा हुने जन विश्वास रहेकोको छ । बगाने रास्कोटका छनियारका साथमा सधै रहने गर्छ भन्ने अर्को जनोक्ति हो ।

सिञ्जा राज्यका शासकहरु नै सिमनाथका मुख्यार मानिएका छन् । बाह्रभाइ मस्टा ( रमाल मस्टो, दाह्रेमस्टो, सिममस्टो, लाटेमस्टो, धवलपुरो मस्टो, कालाशिल्लो, दुधेमस्टो, खापर मस्टो, थार्पमस्टो, ढुसेमस्टो, ) को रजन थली नै सिमनाथको मण्डप हो । यहाँ हरेक शुक्ल पक्ष पूर्णिमाका दिन पूजा गरिन्छ । भाद्र शुक्ल चर्तुदशीका दिन बृहत जात्रा लाग्छ । नौ सय रास्कोट, बाह्रबीस साान्नी, लालु लोखाडा, चौध सय कुण्डा र पलाता क्षेत्रमा शिवनाथको अनेक नामले पुजाआजा गर्दछन् । लालु लैफुको आला धनीको रक्षक रहेको सिमनाथका धामीको कथन रहेको छ ।

अर्को तर्फ भोटका राक्षसलाई हराएर जनताको रक्षा गरेको र तुलछा जडेनीलाई माया गरी सिमनाथलाई साथ दिइएको हुनाले सिमनाथको गाथामा तुलछा जडेनीको प्रसङ्ग जोडिइको पाइन्छ ।

२. सिमनाथको नामाकरणर र उत्पति

सिमनाथ देवता हामी सबैले मानी आएको द्यौता हो । हामी खस सभ्यतामा बाह्र भाइमस्टो र नौ दुर्गा देवी मान्ने चलन आज पनि छ । यिनीहरुको नामाकरण के कसरी गरिएको होला भन्नेमा हामी चिन्तनशील छौ तर ठोस धरातलमा पुग्न सकेका छैनौं । आज म रास्कोटको साझा द्यौता सिमनाथको नामाकरण र उत्पतिलाई सँगै उल्लेख गर्न सकिने आधारमा मत मतान्तर रही आएको छ ।

१. शिव जी महादेवको नाममा शिव शब्दको उच्चारणमा अपभ्रशं भई सिमनाथ हुन गएको मान्न सकिन्छ । शिव भोलेनाथ कैलाश मानसरोवरबाट बण्डाल, मलहर हुदै नेपाल पशुपति जाने क्रममा यही बाटो भएर आएको हुन सक्ने अनुमान गरिएकाले शिवबाट शिमनाथ हुदै सिमनाथ हुन गएको पाइन्छ । मलायगिरी देउरा पाटन हुदै सिउना डाँडा बास बसी गएको हुनाले यहाँ शिव जीलाई पुजा गर्न सिमनाथ भनी पुजा गर्न थालिएको बुढापाकाले बताएका छन् ।

२.शिव जी महादेव सत्यदेवीका मृत्यु वियोगमा सत्यदेवीको मृत शरीर बोकी हिड्ने क्रममा मलायगिरी देउरा पाटनमा सत्यदेवीको आङ पतन हुन गई बनेको देउरा मालिका शक्ति पीठ देउरा पटनमा मालिका माताको जन्म भएको भन्ने प्रसङ्ग कृष्किृन्ध पुराणमा उृल्लेख गरिएकाले विरक्तिएका शिव जीले विश्राम गरेको ठाउँ हुन सक्ने भएकाले शिवको नाम उच्चारण गर्दा ‘व’ वर्ण लोप भई ‘स’ वर्णको प्रयोग गरिएको हुँदा सिमनाथ रहन गएको हुनुपर्छ ।

३.चन्दननाथ बाबा काश्मिारबाट मानसरोवर, कैलाश पर्वतको तीर्थ यात्रामा जाँदा उनी यही रास्कोटको बाटो भएर आएको अनुमान गर्न सकिने भएकाले उनका साथमा आएका अरु नाथहरु शिवनाथ, भैरवनाथ, ठाकुरनाथ, छायानाथ समेत आएका हुन सक्छन् । सिजापति महाराज वलिराजसँग चन्दननाथको भेट भई सिजापति कल्याल वंशी महाराजले सिद्ध बाबा चन्दननाथलाई जुम्ला खलङ्गामा बसालेको खस वंशावलीमा उल्लेख गरेकाले अन्य नाथहरुलाई समेत आफ्नो राज्यमा बस्न बाध्य बनाएकाले शिवनाथ रास्कोट र छायानाथ मुगु रहेको तथ्यका आधारमा चन्दननाथसँगै शिवनाथ आएको हुनुपर्छ । रास्कोटमा वलिराजका सन्तान कल्याल वंशी राजा रहेको इतिहासमा उल्लेख भएकाले र उनीहरुनै अहिले सिमनाथका हर्ताकर्ता रहेकाले सिमनाथको उत्पति र स्थापना भएको हुनुपर्छ ।

४. मनुस्मृतिमा स्वम्भुलाई पवन पुत्र भनिएकोले देवताका राजा इन्द्र र उनका देव मण्डलहरु, बाह्र भाइ मस्टो, नौ दुर्गा देवीको क्रीडा स्थल रास्कोट देव भूमि, तपो भूमि भएको सहजै अनुमान गर्न सकिन्छ । यहाँ बाह्र भाइ मस्टाको एकै ठाउँ र एकै पक्षमा पुजा हुने भएकाले ‘स्वम्भुनाथ’ शब्द अपभ्रंश भई ‘सिमनाथ’ हुन गएको देखिन्छ ।

५. रास्कोटको नामाकरण जोडिएको एउटा प्रसङ्मा ‘रास्कोट’ जलन्धर राक्षसको राज्य भएको कुरा देवीचन्द्र जैसीको मस्टो सुर्मादेवीको इतिहासमा उल्लेख गरिएकाले यहाँको राक्षसको राज्य पतन गर्न स्वर्गबाट देव राजा इन्द्र, वायु पुत्र पवन, स्वम्भु, नौ दुर्गा देवी, बाह्र भाइ मस्टो, देव रुपी सिँयालो, सुन्दर, कुडारे जस्ता तेजस्वी देवले राक्षसको पतन गरी देव भूमि बनाएकोले स्वम्भु राज्यको स्थापना गरी स्वम्भुलाई सिउना डाँडामा बसाली अन्य बाह्र भाइ मस्टालाई बाह्र काँणामा राखी बसेको हुनुपर्छ जो आज पनि छ । त्यसैले यही आधारमा स्वम्भुबाट नै सिमनाथ नाम रहन गएको देखिन्छ ।

६. स्वम्भुनाथको बास स्थान भएकाले यस ठाउलाई स्वम्भु स्थान, स्वम्भु स्थान भनी बोलाउँदै जाँदा ‘स्वम्भुना ’ हुदै स्युना उच्चारण गर्दा सजिलो हुन गएकाले ( स्वम्भु—यु=स्यु+ नाथ—ना =स्युना) स्वम्भुनाथको सरलीकरण रुप स्युना भनिएको आकलन गर्न सकिन्छ । त्यसैले स्युनाको नामाकरण पनि स्वम्भुनाथ बाटै भएको पाइन्छ ।

७. सिमनाथ भनी बोलाउँदा बोलाउदै झन्झटिलो हुने र भाषा परिवर्तन शील भएकाले मान्छेले कठिन शब्दको उच्चारण गर्न अप्ठेरो मान्ने भएकाले शब्दमा ‘सिम’ भन्दा ‘सिउ’ ‘म’ वर्ण ‘उ’ वर्णमा परिवर्तन भई ‘सिउ’ भएको र ‘नाथ’ ‘थ’ वर्ण उच्चारण गर्न छोडेकाले ‘सिउ’ शब्दमा ‘ना’ योग भई ‘सिउना’ भन्न लेख्न सजिलो छ । त्यसैले सिमनाथबाट सिउना बनेको पाइन्छ ।

यसरी सिमनाथको नामााकरणका आधारमा सिमनाथको उत्पति भएको अनुमन गर्न सकिन्छ । अर्को तर्फ बडी मालिका र सिमनाथको समबन्ध प्रगाढ रही आएकाले रास्कोेटको मानव वस्तीसँगै स्थापना भएको हुनु पर्छ ।

सिमनाथको मन्दिर थानका ढुङ्गा पाण्डवको पालामा बनाएका मुग्राहा (धारा) पञ्च देवल र गाडिएका खम्बा चिनिएका ढुङ्गा जस्तै चिनिहेकाले यो मन्दिर पाण्डवको पालामा निर्माण भएको अनुमान गर्न सकिन्छ । थान भन्दा उत्तरमा पुरानो मुग्राहा छ । हाल धारामा पानी छैन । नजिक गाउँ वस्तीका कारण मुहान सुकेको छ । मन्दिर भन्दा दुई, तीन सय मिटर दक्षिण चाटेकुलामा साना तिना गरी चार खम्बा छन् । उक्त खम्बाको अध्ययन हुन सकेको छैन् । खम्बामा लेखिएको भाषा बुझ्न नसकिने लिपिमा भएकाले यथार्थ भन्न सकिएको छैन् । चाटेकुलाको बिचमा रहेको सानो पातलो खम्बाको उत्तरको भागका नेपाली लिपीको प्रयोग गरिएको देखिन्छ । शिला टुटे फुटको हुनाले स्पष्ट बुझिदैन् । खम्बामा ‘साके’ लेखेको र अंकमा १६० माथि र तल ५ जस्तो छ । ‘विजैपुर’ लेखेको समेत बुझिने भएकाले विजयपुर नजिक सिमनाथ र स्युना चर्चा लामो रहेको छ ।

३. सिमनाथको पुजाआजा

सिमनाथको कसले मान्छन् भन्ने कुरा माथि उल्लेख गरिसकेको छ । सिमनाथ रास्कोट दराका साझा द्यौता हुन् । यिनको भाकल गरेपछि सबैको मनोकाक्षा पुरा हुने जनविश्वास आजसम्म कायम रहेको छ । सिमनाथको वाहान बगाने खोली हो । बगानेलाई रातो धजा, मास चामल र पखिरे (कुखुरा) चढाएमा सोच जति कार्य गर्न सकिन्छ भन्ने जनास्था छ ।

सिमनाथको मुल धामी सानो विजयपुरका स्व. जसबहादुर शाहीका सन्तानहरु हुने गरेको पाइन्छ । हाल आएर पाल्सी शाही, जुवारीलाल शाही, हेमराज शाही रहेका छन् । कल्याल वंशी शाही ठकुरीहरु विशेष गरी सिमनाथका मुख्य कर्ताका रुपमा रही आएका छन् ।  माथि स्युना, बर्खेढुङ्गा, लहरेला, हिप्कोट, ठूलो विजयपुर, गैरा उपरगाउँ र तिर्खाती गाउँका कल्याल वंशी वलिराज, सुर्ति शाही, भान शाही, चाँपराजका सन्तानको अग्र सरतामा सिमनाथको पुजा आजा गरिन्छ । हाल हिप्कोटका पदम बहादुर शाही, बाहुन सिउनाका नमराज उपाध्याय र ताम्तीका स्व. जसिराम धामीका सन्तानको विशेष भूमिका रहन्छ ।

सिमनाथको होमन पुजा साराकोटका उपाध्याय ब्राह्मण शिवराज उपाध्याय र उनका छोराहरु रामप्रसाद, भोजराज, नगराज र मिमराज उपाध्यायले गर्दै आएका छन् । हिजो पनि यिनीहरुका सन्तानले गरेका र आज पनि यिनीहरुले गरी रहेका छन् ।   

सिमनानथको मूल पुजारी बामनथानका स्व. परेगराज धमालाका भाइ छोराहरु हरिचन्द्र धमाला, कृष्णप्रसाद धमाला, काशी धमालाहरुले मन्दिरमा पुजा आरधाना गर्दै आइरहेका छन् । समग्रमा भन्नु पर्दा धनञ्जय ऋषिका सन्तान धनञ्जय गोत्री ब्राह्मणबाट होम पुजा र मुल पुजा गर्दै आएको पाइन्छ । सिमनाथका पुजारी र बडी मालिकाका समेत एउटै परिवार भएको हुनुले मालिका माता अनि सिमनाथको सबन्धलाई अझ प्रगाढ बनाएको देखिन्छ ।

४. धवलपुरो र सिमनाथको सम्बन्ध

धवलपुरो बाह्र भाइ मस्टाको एक भाइ हो । यो देवता रास्कोट लगायत नेपालको मस्टो परम्परा रहेको ठाउँमा पुज्ने गरिन्छ । खस सभ्यताको अध्ययनले के देखाउँछ भने मस्टो परम्परा नै कर्नाली राज्यमा बलियो रहेको भन्न सकिने आधार विभिन्न खोज अनुसन्धानले बताएको छ । तिब्बतको खिरीबाट आएका नागराजले स्थापना गरेको सिञ्जा राज्य कुनै बेला नेपालका शक्ति शाली , सम्पन्न र विशाल क्षेत्रफल रहेको कुुरा बाइसे चौबिसे नेपालको इतिहासबाट बुझिन्छ । बाइसे राज्यको इतिहास पुस्तकमा राजा बिक्रम शाहीले बौद्ध गुम्बाको संरक्षण गरी डोल्पा गुम्बातारा स्थित धाङ्सा गुम्बाको संरक्षणमा महत्व पूर्ण भूमिका निर्वाहा गरेका छन् । (अधिकारी सूर्यमणि पृष्ठः ४५,४६ ) हुम्लाको रेलिङ गुम्बामा भेटिएको नेपाली भाषाको प्रचीन अभिलेखले के जनाउँछ भन्दा खस संस्कृतिमा बौद्ध धर्मको प्रभाव रहेको सहजै अनुमान गर्न सकिन्छ । पाडण्वबाट निर्माण गरिएका मानिने पाटी पौवा, मठ मन्दिर , पञ्च देवल र मुग्राहाहरु पनि बौद्ध धर्मको स्तम्भका रुपमा मानन सकिने देखिन्छ । नेपालको स्वम्भुमा बौध धर्म दर्शनबाट प्रेरित भए झै रास्कोटको सिमनाथ स्वम्भुको शाखा वा पशुपतिनाथको भोलेबाबा को कुन हो छुट्याउन कठिन छ । नेपालमा जन्मेको बौध धर्म र सनातन हिन्दु धर्मको बिच धेरै विभेद नरहेकाले यसको सिमनाथको स्रोत शिव जी नै हुन ।

सिमनाथको पुजा गर्दा एक पटक भाद्र शुक्ल चतुर्दशीका दिन रास्कोटका बाह्र भाइ मस्टाको राम जात्रा हुदै रहेछ । रास्कोटका बाह्र देवका धामी जम्मा भइसकेका रहेछन् । पुजामा गौउतको जिम्मा पण्डित बइतेलले लिएका रहेछन् । उनी बइतेल नाम गरेको उरन्ठेउला स्वभावका रहेछन् । बाह्र भाइ मस्टाको तौल गर्ने भनेर गाई मुत्र नल्याई आफ्नो पिसाब ल्याएछन् । गौ मुत्रको अभिषेक नबनाई मानव मुत्रको बनाएछन् । एघार मस्टाका धाम िआाउदै अभिषेक खाँदै बसी सकेका रहेछन् । साँगटियाको धवलपुराको धामी सार्की जातका रहेछन् । उनी आफ्नो ताम झाम हातमा घण्टा, काँधमा घुघुुरा माला , अक्षेता सहित थान प्रवेश गरेछन् । उनलाई धवलपुरो प्रकट भएछ । धामी नाच्दै गरका रहेछन् । बइतेलले उनलाई त्यही अभिषेक खुवाउन आएछ । यहाँ भन्दा अगाडिका सबैले खाई सकेका थिए । उसले हातमा दिन खोज्यो तर मागेन छन् ।  त्यती ठूलो जात्रामा म दोपायाको गौत खादैन नर जात्रा हो भनेर बइतेलको हातबाट खोसेर सबै पोखिदिए छन् । बइतेलले देवता भनेको धवलपुरा मात्र हो, अरु कसैले मान्छेको पसिाब भन्न सकेनन् भन्यो छ । त्यस दिन देखि धवलपुराको धामी नपुगुन्जेल सिमनाथको होम मेधा गरिदैन । सिमनाथका होमन पुजामा अनिवार्य रुपमा धवलपुराको धामी पुग्नै पर्ने हुन्छ । धवलपुराको धामी साँगटियाका स्व. ददिमले सार्कीका भाइ छोरा खुड्के सार्कीका रहेका छन् । यती मात्र होइन सिमनाथको छल, बल र अवतारका बारेमा बुढापाका कैयन कुरा सुनाउँछन् । लैफुको सल्लोलाई श्राप दिइएको हुनाले अहिलेसम्म पनि होचो नै छ ।     

५ सिमनाथले बोकेको सम्भावना र अवसर

रास्कोटमा रहेको सिमनाथका बारेमा प्रचार प्रसार गर्न सक्ने हो भने हिजोको विशाल खस राज्यको महिमालाई विस्तृत रुपमा प्रकाश पार्न सकिन्छ । यहाँको धार्मिक महत्वलाई संसारमा चिनाउने मौका हुने छ । रास्कोट क्षेत्रले जिवन्त राखेको संस्कारलाई आय आर्जनको रुपमा लिन सकिने देखिन्छ । कला, साहित्य र संस्कृतिको संरक्षण संवद्र्धनले पर्यटन क्षेत्रमा विकासको बाटो खुल्ने छ । बाह्र भाइ मस्टाको संग्रहालय बनाउने हो, भने सिमनाथलाई विश्वमा खोज अनुसन्धानको क्रममा रहको मस्टो धार्मिक परम्पराको अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सके ओजेलमा परेको देउरा पाटन मालिका, मलायगिरी, बाह्र पाटन पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने छ । सिमनाथको आसपामा रहेका बाह्र भाइ मस्टा, नौ दुर्गा भवानीलाई धार्मिक पर्यटकीय हवका रुपमा लिन सकेमा भोलिको सुन्दर रास्कोट, समृद्धि कालीकोट र असल गन्तव्य कर्णाली बन्न सक्छ । जय सिमनाथ जय छनियार ।  

                   समाप्त