Jump to content

User:Raj Pd.Bhatta

From Wikipedia, the free encyclopedia

[1][1] "देश विकासमा युवाहरूको भूमिका"


कुनै पनि देशमा काम गर्नको लागि उपयुक्त वर्ग भनेकै युवा वर्ग हुन् । युवा वर्गहरूमा त्यो जोस हुन्छ,जुन जोस, जाँघर अन्यमा हुँदैन । त्यसैले देशको विकास गर्नमा युवा वर्गकैअहम् भूमिका हुन्छ । बालबालिकाहरू त सानै हुन्छन् । बालबालिकाहरूले के विकासको काम गर्न सक्छ्न् र ? विकास गर्ने भनेकै युवा वर्गले हो । वृद्धवृद्धाहरू त झन् अशक्त हुन्छन् । तिनले विकास गर्ने सवाल नै आउँदैन । बचे युवा वर्ग । युवा वर्गले नै देशको विकास गर्नमा सहयोग गर्दछन्। कहिँ पनि नगएर आफ्नै राष्ट्रमा काम गर्ने हो भने देशको विकास गर्न सकिन्छ । वर्तमान समयमा नजर अन्दाज गर्ने हो भने हाम्रो नेपालमा दिनप्रतिदिन युवाहरू कामको खोजीमा बाहिरिने गरेको पाइन्छ । विदेशमै बगाउन सक्ने पसिना नेपालकै जमिनमा चुहाउन सकियो भने देश हराभरा हुने थियो । आफ्नै देशमा सङ्कल्प गर्ने हो भने विकल्पका धेरै पाटाहरू छन् ।

आफ्नै देशमामाछापालन,गाईंपालन,कृषिव्यवसाय गर्न पनि सकिन्छ । आखिर विदेश गएर पैसा कमाउनेले पनि खाने भातै हो, लगाउने कपडा नै हो र जाने घाटै हो । विदेशमा आफ्नो देशमा भन्दा थोरै बढी पैसा कमाइन्छ होला । तर आफ्नो देशमा पसिना बगाएर कमाएको पैसा र विदेशमा गएर कामाएको पैसा फरक हुन्छ । विदेशमा पैसा कमाउँदा मान,मर्यादा,इज्जत,ख्याति,प्रतिष्ठा बढ्दैन । तर आफ्नै देशमा केही सानो सानो व्यवसाय भए पनि गर्न सकियो भने त्यसबाट थुप्रै पैसा कमाउन सकिन्छ । यसरी पैसा कमाइयो भने सबैले प्रशंसा गर्छन् । आफ्नैदेशमा केही व्यवसाय गरियो भने देशको विकास पनि हुन्छ । हाम्रो देश नेपालमा कृषियोग्य जमिनहरू धेरै छन् । ती कृषियोग्य जमिनहरूको उपयोग गर्न सकियो भने राम्रो उत्पादन गरी राम्रो मुनाफा कमाउन सकिन्छ । टमाटर,काउली,बन्दा,मुला जस्ता तरकारीहरू मौसममा पनि उत्पा दन गर्ने र बेमौसममा पनि उत्पादन गर्ने गर्नुपर्दछ । मौसममा उत्पादन गर्दा त्यति फाइदा हुँदैन तर बेमौसममा तरकारी उत्पादन गर्न सकियो भने उत्पादित तरकारीहरूले राम्रो बजार पाउँछ्न् । बेमौसमी तरकारी, खद्यान्न,बिउ बिजनहरू उत्पादन गरी विदेशमा निर्यात गर्दा देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ ।

  1. ^ "10.1063/1.4831988.4". Default Digital Object Group. 2013-11-15. Retrieved 2022-05-02.