User:Rajaram ghorsaine
किन बोल्दैनन् विद्यार्थी संगठनहरु ???? राजाराम घोरसाइने
नेपालमा संचालनमा आएका निजी शैक्षिक संस्थाले कानुनको सर्वच्च निकाय सर्वोच्च अदालतको फैसला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन लाई चुनौती दिदै चालु शैक्षिक सत्रमा २० प्रतिशत भन्दा बढी शुल्क बढाएको खबरले आम नेपाली मध्यबर्गीक आर्थिक अवस्था भएका किसान मजदुर, जागिरे अभिभावक लाई चिन्तीत बनाएको छ । नयाँ शैक्षिक सत्रको सुरुवात भएको एक महिना भई सक्दा पनि सरकार र आफुलाई शैक्षिक मुद्धाका पहरेदार भन्ठान्ने विद्यार्थी संगठन समस्या प्रति कुनै चासो नदेखाएर मुखदर्शक बनेर बनिरहेका छन् । आम नेपाली जनताले पढ्ने शैक्षिक संस्थामा कानुन विपरीत तबरले शुल्क बढ्दा विद्यार्थी संगठन किन बोल्दैनन् ? मध्यम बर्गीय अभिभावको ढाड सेक्ने गरी शुल्क बडाइदाँ त्यसको विरोधमा किन आवाज निकाल्न विद्यार्थी संगठन सक्दैनन् ? के नेपालका विद्यार्थी संगठनको काम पार्टीको पुछुर भएर पार्टीका नेताको भ¥याई बनी नेताले जे भन्छन् त्यो मात्र गर्ने र शैक्षिक संस्थामा संगठन विस्तारको नाममा युवा विद्यार्थी बिच नै फाटो ल्याएर शैक्षिक बातावरण लाई खल्बल्याउने,शैक्षिक संस्था भित्र अराजकतालाई बढुवा दिने, राजनितिको नाममा अध्ययन अध्यापन नै प्रभावित बनाउने, विद्यार्थीका सवाल भन्दा पार्टीका नारा मात्र घोक्ने, सम्मेलन ताका चर्को भाषण गर्ने, शैक्षिक संस्थाका सवारी साधन दोडफोड गर्ने मात्रै हो ? विद्यार्थी संगठन सँग जनताका आवाजलाई बुलन्द पार्ने क्षमता किन भएन त ? विद्यार्थी संगठन किन बोलिरहेका छैनन् त ? विद्यार्थीका समस्यामा किन विद्यार्थी संगठन किन मौन छन् ? यी तमाम प्रश्नका जवाफ हामी आम नागरिकलाई विद्यार्थी संगठनले दिनै पर्छ । शुल्क वृद्धिमा विद्यार्थी संगठनको समर्थन छ भने हामी विद्यार्थी हक हितका लागि सघर्ष गर्छौ भनेर मडगडन्ते भाषण आज देखि नै बन्द गरे हुन्छ विद्यार्थी संगठनहरुले । संगठन शिक्षा क्षेत्रका व्यापारका व्यापारीहरु सगँ के साँटकाट त छैन भनेर शंका मान्नु पर्ने अवस्था सृजना भएको छ । प्राइभेट शैक्षिक समस्या हर क्षेत्रमा छन् । विद्याथी यदि नेपाली आम अभिभावकलाई असर गर्ने र आम युवा विद्यार्थीलाई प्रत्यक्ष रुपमा अहित हुने कार्य गर्दा पनि विद्यार्थी संगठन बोल्न सक्दैनन् भने विद्यार्थी संगठनको आवश्यकता अब नेपालमा रहेन् । यदि रहनु पर्छ भन्ने आवाज छ भन्ने विद्यार्थी संगठन शैक्षिक क्षेत्र भित्र रहेका तमाम समस्याको समाधान तर्फ फेरी एकपटक जागरुक हुनै पर्छ । विद्यार्थीका समस्याहरु समाधानको बाटो तर्फ ध्यान जानु पर्दछ । होइन भने नेपालमा विद्यार्थी संगठनको आवश्यकता माथि नै प्रश्न चिन्ह खडा हुनेछ । यो विषयमा विद्यार्थी नेता र संगठनको ध्यान जाहोस् ।