User:Sachdev chhetri
कार्यक्रमहरुः
१सास र संग्राम
२चटक
३प्रेमको अभिलेख
४गोल्डेन भ्वाईज विथ गोल्डेन पर्फमेन्स
५आजको भ्यु प्वाईन्ट
६विथ वन
७व्यंग्यशाला
८तातो पीरो ११
९गजल कुञ्ज
१०अल स्पोर्टस
११युवामनको कथा
११यान्त्रिक बजार
multitalent person
[edit]शोकाकुल मुर्दामन
[edit]भाग १–शोकाकुल मुर्दामन,काल्पनिक संवाद र मनोबाद
बाटोको एक कन्दरामा बसिरहंदा पनि मनमा अशान्तिको स्तव्ध छाप थियो ।त्यो छाप आफ्नै आंखा अन्धोपनाको शिकार हो भन्ने मैले सोंच्न ,खासै कष्ठ गर्न परिरहेको थिएन ।बस्दा बस्दै दिमागले अधिक सोंच्न र मन अधिक भट्भटिन थाले पछि अनि लागें म चाहिं शिकारको शिकारि खोज्न ।अरु शिकार खोज्न जान्छन् म भने यसर्थमा शिकारको शिकारि खोज्न हिंडें कि मेरो मनमा उम्रिएको पीरको पलाङमा खाकाहरु कोर्ने को थियो त रु
यी मान्छेको हुल र म भित्रको मन मस्तिष्कमा रहेको हुल समान गतिमा कुदिरहेका छन् ।
कुद्दा कुद्दा म पुग्छु सुवास्ना को कोठामा । उ को हो त रु
ए सुवास्ना तिमि यहां पो रहिछौ है ,अनि के सोंच्दै बसेको एकोहोरिएर बकुल्लाले माछा हेरेझैं ।कि सर्पले कांचुली फेरझैं फेरिने नयां जीन्दगी कल्पना गर्दै छौ ।के भेट्यौ त त्यो तिम्रो नयां मान्छे जस्को भागिदर एकलाई बनाको थियौ रु
बुझिन तिम्रो घुमाउरो परिबन्धात्मक कुराहरु अलि प्रष्ट्याएर बुझाउ ।
के बुझ्थ्यौ त अव यति धेरै कोषहरु बुझेपछि जहां जहां बाट मायाका मन्द मन्द रसहरु छिर्थे ती सबै
प्वालहरु बन्द गरेपछि ।
मलाई तिमि संग न त बोल्न मन छ न नै तिम्रो कुरा सुन्न ,
म हिंडे ,
ओए सुन त
एकछिन बस्छौ कि म नै तिमिलाई जबरजस्ती गर्नु पर्ने हो । पहिले भन त तिमिले सम्बन्धलाई किन समाधि बनायौ रु
सोंच सम्बन्ध र समय यी तीन कुरा केवल घडीको सुईजस्तै बाह्र वज्दा मात्र भेट हुन्छन् ।तिमि र म पनि त्यहि नै हो मोह स्मिथ ।तिमि म संगै हुंदा त्यो बेला हामीलाई समयले भेट गरायो ,साथीको आबश्यकता पर्ने उमेर थियो ,हामी वीचमा सोंच मिल्थ्यो अनि सम्वन्धको बिकास भयो ।तर अहिले तिम्रो समय मेरो समय भिन्न छ ।तिमले सोंच्ने शैंली र मैले सोंच्ने शैंलीले केहि दिनको भजन मात्र गाएका हुन भन्ने सोंच तिमि, अनि मलाई भुल ।
हेर मोहस्मिथ किन हुन्छ जिन्दगीमा सम्बन्ध र समाधि मैले तिम्रै कारण बुझ्न पाएकि हुं रुन हामी सम्बन्ध को भोगि थियौं न नै समाधि को शौखिन र पनि जीवन चल्छ र जीन्दगी चल्छ भन्ने मान्यताको भुत मानब मन मस्तिष्कमा रहुन्जेल हामी कहिले पनि आफुलाई सुखीको सुली चढाउन सकेनौं ।
यदि तिमि आफ्नो नाममा बांच्न नसक्ने गरि जीएका छौ भने तिमि त्यहि मुर्दामनको मालिक हौ जुन अर्थिमा थन्किएको छ त्यो जलाउन कसैको आवश्यकता पर्दैछ ।आफुलाई तिमि जुन परिभाषामा राखे पनि तिम्रो कर्मबाट यसरि नै परिभाषित भएको मान्छे हौ मोहस्मिथ ।
हामी छुटिएर नै सुखशाला निर्माण गर्न सक्छौं भने किन हामि बीचमा सम्बन्ध रहेर पो के फाईदा हुन्छ तिमि आफैं भन न ।
यदि तिम्रो कारणले सुखशाला निर्माण नभएर मेरो मधुशाला निर्माण भो भने नी के गर्छौ सवास्ना
तिमलाई मेरो भविष्यले कहिले पनि माफ गर्ने छैन अनि यदि म तिम्रै कारणले पागल वा आफ्नो हत्या गरें भने तिमिलाई मेरो परिवारले कहिले पनि मान्छे मा गन्ने छैन यस्को भागीदर तिमि हुनु पर्ने छ ।
तिमिले बुझायौ सुवास्ना
यदि कुनै कुरा आबश्यक परेको छ भने मान्छेले जुन सुकै मूल्य चुकाउन पनि पछि पर्दैन ।
खुट्टा भएर पनि हिंड्न नसक्नु ,मुख भएर पनि बोल्न नसक्नु अनि रचना गर्न सक्ने क्षमता र सोंच्न सक्ने क्षमता हुंदा हुंदै पनि लेख्न नसक्नु यी सबैको पीडा भोग गर्न जीवनमा मैले पनि पाएं तिमि तिम्रो निवासमा आफैं बस म गएं तिम्रो सम्वृद जीवनको कामना ,म मेरो सपना को बाटो तिमि तिम्रो बिपना को बाटो ।
बाटोमा हिंड्दा हिंड्दै गर्दा म यस्ता कुरा सोंच्न पुग्छु कि
ए यो संसारमा के म यति धेरै सपना देख्छु होला त जो म फेक विल्डर हो ,हैन गल्ति सपनाको हैन मेरो निदको हो ।अव नीदाउन नै छोड्नुपर्ने भो ,यति कल्पना गर्छु कि म अव कल्पना नगर्ने दिमागको बिकास गर्नु पर्ने भो ।सुतेर म सपना भुल्न सक्दिन , बांचेर म कल्पना भुल्न सक्दिन अनि मन लिएर कसैलाई सोंच्न सक्दिन । जस्को लागि अव मेरो उपाय नै यो संसारवाट अलबिदा हो ।
सवले लुछेर सके मलाई
सवले कुचेर सके मलाई
कमल भन्ने हिलोमा फूल्छ भन्ने सोच्दा रैछन्
त्यसैले मैला अनि फैला एर घरि –घरि घोच्दा रैछन्
तिमीलाई के मा दुख लाग्छ ?
अहं त्यो
मलाई थाहापनि
छैन,तर मलाई थाहा छ
जरुरताको जुजारुको सांकेतिक अंग
मेरो कथा सुन्न सक्नेहरु तिमीलाई मान्दैछु
र त म आज यो कहानी लेख्दै छुु
एक दिन रोयो भने
आंशु नझरेनी हुन्थयो नी
एकदिन मन दुख्यो भने
दुख्ने मन लुके पनि हुन्थयो नी
न दुःख दिनेले दःख दिन छोडछन्
न सताउनेले जीन्दगीमा अताउन छोड्छन
त्यसैले त यहां मेरो
रातमा पनि आंशु झरेको नै हुन्छ
दिन चल्ने ढंग ढलेको नै हुन्छ
रातमा पनि मन रोएको नै
हुन्छ
न दुखले सांझ भन्छ
न पीडाले
यो मनमा व्यथा र बेदनाको बहाव
धेरेै छ, भनेर लाज मान्दछ
न उस्लाई लाज छ
न मेरो मनले थेग्न सक्छ
अन्ततः
कथा व्यथा बेदनाको वीचमा एउटा
यस्तो कहानी बन्दैछ
जस्लाई न कसैले व्यग्र कुराईको ढंगशिल
कन्दराको चाहा मान्दैछ
तै पनि जबरजस्ती पीर
व्यथा बेदनाले मेरो मुलायम मनलाई
राज्य
अनि स्मरणको राज्यलाई भाज्य ठान्दैछ
सवले लुछेर सके मलाई
सवले कुचेर सके मलाई
कमल भन्ने हिलोमा फूल्छ भन्ने सोच्दा रैछन्
त्यसैले मैला अनि फैला एर घरि –घरि घोच्दा रैछन्