User:Santosh Dhungana
नेपाल टेलिकमको टावर बिग्रदा सर्वसाधारण मार्कामा
सोलुखुम्बु जिल्लामा रहेको नेपाल टेलिकमको सी.डी.एम.ए.(स्काई), जीसीएम मोबाईलको नेटवर्क बिग्रे पछि स्थानीय बासी प्रभावित भएका छन् । खोटाङको जुबु र,ऐसेलुखर्क बीचमा रहेको नेपाल टेलिकमको सी.डी.एम.ए. (स्काई), नमस्ते मोबाइल टेलिफोनको नेटवर्क,टावर बाट खोटाङ जिल्लाका विभिन्न गा.वि.स. हरु डुम्रेधारापानी,ऐसेलुखर्क,मक्पा,दुबेकोल,लामीडाँडा,कुबिन्दे,जाल्पा,नुनथला,मुडे र ओखलढुंगाका विभिन्न गा.वि.स. हरु दियाले,पोखरे, कुइभीर,रातमाटे, माम्खा, सेर्ना, ठुलाछाप, निशुन्खे, भदौरे जस्ता विभिन्न गा.वि.स. हरु र सोलुखुम्बु जिल्लाका गा.वि.स. हरु नेचा बतासे, बेतघारी, कांगेल, मुक्ली, देउसा, नेले, तिंगला, गार्मा जस्ता तिन वटै गरि जिल्ल्लामा तिन (३) दर्जन भन्दा बढि गा.वि.स. हरुका मानिसहरुले यसै नेटवर्क (टावर) मार्फत सेवा उपभोग गर्दै आएका थिए । उत् नेटवर्क संचालनमा आएता पनि सोलुखुम्बु जिल्लाको जुबुमा रहेको यस ठाउँ भोगोलिक विकटताले लेक अथवा हिमाली स्थान मा पर्ने हुनाले हाल सम्म पनि विधुतीय लाइन नपुगेकोले टेलिफोन नेटवर्क संचालन गर्न सौर्य उर्जा अर्थात् सोलार पेनल बाट संचालित हुने गरेको छ । लेक, हिमाली स्थान मा पर्ने भएकोले उत् स्थानमा बर्षात बढि हुने र हुस्सु, कुइरो लाग्ने हुनाले ब्याट्रीमा चार्ज संचित नहुने जस्ता समस्याले टेलिफोन नेटवर्कमा समस्या आइरहेको छ । संचालन मा आएपनि हत्तपत्त फोन नलाग्ने, लागि गएता पनि बिचैमा कुरै नसकि फोन काटिने, एक मोबाइल बाट अर्को मोवाइल सम्पर्क गर्दा नेटवर्क उपलब्ध नहुने जस्ता समस्या भोग्नु परेको स्थानीयबासी बताउछन् ।
दशैँ, तिहार जस्ता महान चाडपर्व भित्रीदा आफ्ना बाहिरीएका छोरा-छोरीसंग कुराकानी नहुदा संचारसम्पर्क बाट टाढा हुनु परेको साथै, यस ठाँउ पर्यटकीय क्षेत्र भएकाले पनि विदेशी पर्यटकीयहरु लाई पनि संचार क्षेत्रबाट बन्चित हुनु परेको स्थानीय बासी गुनासो रहेको छ।
साथै मोबाइलको नेटवर्कले काम गर्न छोडे पछि उत् क्षेत्रहरुको समाचार संकलन गर्न संचारकर्मीहरु लाई पनि असजिलो भएको संचारकर्मीहरु बताउछन् ।
स्थानीयबासीले यथासक्दो चाँडो टेलिफोन टावरको पुननिर्माण गरि सेवा सुचारु गराउन माग गरेका छन् ।
सन्तोष ढुंगाना
ओखढुंगा