Jump to content

User talk:Maheshsaudd

Page contents not supported in other languages.
From Wikipedia, the free encyclopedia

origin of word "Nepal"[edit]

नेपाल शब्दको उत्पत्ति Maheshsaudd (talk) 12:29, 23 August 2022 (UTC)[reply]

नेपाल_शब्दको_उत्पत्तिसम्बन्धी विभिन्न मत र धारणाहरू रहेका छन् । एउटा मत अनुसार ‘नीप’ शब्दबाट नेपाल शब्दको उत्पत्ति भएको हो । यो ‘नीप’ शब्दका विभिन्न अर्थहरू लाग्दछन् । गोपालराज वशावलीअनुसार ‘नीप’ (‘नीप’ भनेका गोपाल हुन् र गोपालको अर्थ गाई पाल्ने जाति वा वंश हो) जातिले नेपालमा बसी सर्वप्रथम यहाँ शासन गर्न थालेका हुन् । ‘आलय’ को अर्थ घर वा बासस्थान हो । ‘नीप’हरूले राज्य स्थापना गरी यहीँ बसेका हुनाले यो स्थानलार्इ ‘नीपआलय’ भन्दाभन्दै नेपाल भन्न थालियो भन्ने एउटा मत पाइन्छ । पशुधन भएका राजाहरूलाई ‘नीपराज’ भनिन्छ । गोपाल र आभीरहरूको मूलपेसा कृषि र पशपु ालन नै हुनाले यही ‘नीपराज’ शब्दबाट नेपाल रहन गएको हो भन्ने अर्को तर्क छ । नीपजाति शाल्व, शक, खस, सूरसेन, मथुरा जस्ता गणराज्यमा गनिन्थे र यिनीहरू विभिन्न गणजातिमा पर्दथे । यिनीहरू भारतको पश्चिमोत्तरतिरबाट नेपाल पसेको विश्वास गरिन्छ ।

    • बौद्ध र हिन्दु धर्मग्रन्थ अनुसार काठमाडौ उपत्यकाको उत्पती **

नेपाल उपत्यकाको उद्गमस्थल काठमाडौं, ललितपुर र भक्तपुर सहर भएको उपत्यकालाई नेपाल उपत्यका भनिन्छ यस उपत्यकाको सतहमा ढुङ्गा पाइँदैन र सतहमा धेरै गहिरो खन्ने हो भने ढुङ्गाको सट्टा नरम माटो भेटिन्छ यस माटोको सरचनां हेर्दा यहाँ पहिले ठूलो ताल रहेको अनमानु गररएको छ । ताल वरपरका पहाडबाट बग्ने पानीले ल्याएको नरम माटोले ताल भरिएको अनमानु गर्न सकिन्छ । अन्ततः दक्षिणको चोभारडााँडाको खाडलबाट दह तालको पानी बगेर दोमट माटोले बनेर बस्न योग्य उपत्यका बन्यो । अलहले पलन चोभारको एउटै खोरबाट परैु उपत्यकाको पानी बग्ने गरेको छ । नेपालका बौद्ध र हिन्दु धमाग्रन्थहरूले पनि नेपाल उपत्यका एक दशौं भागमा पहिले भएको बताएको छ। मञ्जश्रीलेु उपत्यकाको दक्षिणीपट्टीको कटुवाल दह नामक ठाउँमा बाट काटेर पानी बहने सक्ने बाटो बनाएको बद्धु ग्रन्थमा लेखिएको छ । त्यसपलछ मञ्जश्रीलेु यहाँ बसेर धर्माकर नामक व्यक्तिलाई राजा बनाए हिन्दु धर्म ग्रन्थ भगवान श्री कृष्णले यस उपत्यकाबाट पानी निस्कने बाटो खोलिएदिएको लेखिएको छ । भगवान कृष्णसँग गोठालाहरू पनि भेलटए। तिनीहरु मध्ये एकले पशुपति ज्योति गाडिएको ठाउँमा गाई गएर दधू चढाएको देखे । एउटा गोठालाले त्यहाँ के छ भनी खनेर हेर्यो । यो देखेर गोठालो पशुपतिको ज्योतिले भस्म भयो । कथा अनुसार ‘ने’ नामका ऋषिले ती भस्म भएका गोठाला तीन मध्ये कुनै एक छोरा भक्तमानलाईु राजा बनाएका थिए ,

  • प्राचीन कालदेखिनै ‘नेपाल’ भन्नाले काठमाडौँ उपत्यकालाई चिनिन्थ्यो । यहाँ नेवारहरूको बसोबास हुनाले नेपाल शब्दको उत्पत्ति नेवारी भाषासँग पनि सम्बन्धित छ भन्ने राय पनि पाइन्छ । नेवारी भाषामा ‘नेपाल’लाई ‘नेपाः’ भनिन्छ । यो भाषामा ‘ने’ को अर्थ ‘केन्द्र वा बिच भागमा रहेको’ र ‘पा’ अर्थ ‘देश÷भूिम’ हुन्छ । काठमाडौँ उपत्यका पहाडहरूको बिचमा पर्ने भएकाले यही ‘नेपा’ शब्दबाट नेपाल शब्दको उत्पत्ति भएको हो भन्ने भनाइ पनि रहेको छ । अर्को मतअनुसार ‘नेपाल’ तिब्बती भाषाका ‘ने’ र ‘पाल’ बाट बनेको हो । तिब्बती भाषामा ‘ने’ को अर्थ ‘घर’ र ‘पाल’ को अर्थ ‘उन’ हो । नेपालमा भेडाको पालनबाट प्रशस्त ऊनको उत्पादन हुने भएकाले तिब्बती भाषाका ‘ने’ र ‘पाल’ शब्दबाट नेपाल बन्न गएको हो । नेपालका लेप्चा जातिको भाषामा ‘ने’ को अर्थ ‘पवित्र÷पावन’ र ‘पाल’ को अर्थ ‘गुफा’ हो । काठमाडौँ उपत्यका चारैतिर पहाडले घेरिएको गुफाजस्तो लाग्ने तथा यहाँ बसोबास गर्ने मानिसहरूहो तीथस्थल समेत भएकाले लेप्चा भाषाबाट नेपाल शब्दको उत्पत्ति भएको पनि हुन सक्छ ।

नेपाल महात्म्यमा उल्लेख भएअनुसार प्राचीन कालमा ‘ने’ नाम गरेका मुनीले यहाँ तपस्या गरेर बस्दथे । ‘पाल’को अर्थ ‘पालिएको’ हुन्छ । त्यसकारण उनै मुनि र उनका कृपाले पालिएको हुनाले नेपाल रहन गएको भन्ने भनाइ पनि छ ।

  • यस्ता विभिन्न किसिमका प्रमाणहरू दिएर ‘नेपाल’ शब्दको उत्पत्तिलाई अर्थपूर्ण बनाउने प्रयास गरिएको छ । तर पनि नेपाल शब्दको उत्पत्तिका बारेमा स्पष्ट यकिन भने भएको छैन ।
Maheshsaudd (talk) 12:30, 23 August 2022 (UTC)[reply]